दफा ४८
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
(१) निजामती कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायको काम गर्नु हुँदैनः–
(क) कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख) प्रचलित कानूनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग)  ……………. 
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती कर्मचारीले नेपाल सरकारको नीति विपरीत नहुने गरी साहित्यिक, वैज्ञानिक वा कलात्मक कार्य गर्न सक्नेछ ।